भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण हुँदै

काठमाडाैं | कात्तिक २४, २०८०

भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण हुँदै तस्बिर रासस

रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएकाका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदैछ ।

 

सरकारले भूकम्पमा परि ज्यान गुमाएकाका परिवारका लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यही रकम आजदेखि वितरण गरिने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले  जानकारी दिनुभयो । उहाँका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ ।

 

सानीभेरीमा भूकम्पमा परि १० जनाले ज्यान गुमाएका थिए । यस्तै, भोलि आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने छ । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकाका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ ।

 

भूकम्पमा  परेर पश्चिम रुकुममा ५२ जनाको ज्यान गएको थियो । यसैबीच, जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो ।

 

ज्यान गुमाएकाका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव भएको छ । भूकम्प गएको एक हप्ता बितिसक्दा समेत धेरैजसो पीडितले राहत पाउन सकेका छैनन् ।

 

 

पोखरा:  शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रत...

थप पढ्नुहोस्

पोखरा:  कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।  थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

थप पढ्नुहोस्